गोकर्ण रिसोर्टको गेट अगाडी नै विद्यार्थीले गरे प्रदर्शन - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

गोकर्ण रिसोर्टको गेट अगाडी नै विद्यार्थीले गरे प्रदर्शन



काठमाडौं- नेकपा नेतृत्वको सरकारले एकपछि अर्को सरकारी तथा सार्वजनिक सम्पति एक नीजि कम्पनीलाई दिएको बिरोधमा विद्यार्थीहरुले सडकमा प्रदर्शन गरेका छन् ।

केपी ओली नेतृत्वको सरकारले एकपछि अर्को सरकारी तथा सार्वजनिक सम्पति हिनाबिना गरेको भन्दै सडकमा प्रदर्शन गरिएको जनाइएको छ ।

नेकपाको केन्द्रीय कार्यालय प्रदान गर्ने आङछिरिङ शेर्पा तथा उनको परिवारको संलग्नतामा सञ्चालनाम रहेको यती होल्डिङगसलाई कौडीको भाउमा दिएको बिरोधमा विद्यार्थीहरु सडकमा उत्रिएका हुन्।

नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले मंगलवार गोकर्ण रिसोर्टको गेट अगाडी प्रदर्शन गरे।

नेपाल ट्रष्टको स्वामित्वमा रहेको रिसोर्ट म्याद सकिनु ६ महिना अघी नै शेर्पाको कम्पनीलाई नविकरण गरेर दिने लगायतका विवादास्पद काम ओली नेतृत्वको सरकारले गरेपछि अहिले देशैभर यसको विरोध भइरहेको छ। यद्यपी सरकार भने अनेक वहानावाजी गरिरहेको छ।

विद्यार्थी नेता दुजाङ शेर्पाको नेतृत्वमा गोकर्णमा एक घण्टा चक्का जाम सहित विरोध कार्यक्रम गरिएको थियो। नेविसंघ स्ववियू परिषदको संयोजनमा विरोध प्रदर्शन भएको थियो।

प्रदर्शनमा विद्यार्थी नेता निरञ्जन नेपाल कान्तिपुर क्याम्पस थलीका पउल बज्राचार्य लगायतका विद्याथी नेताहरु सहभागि थिए।