खोलामा राखिएको स्काभेटरमा आगजनी - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

खोलामा राखिएको स्काभेटरमा आगजनी



कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाले वडा नं १ स्थित चेतना सामुदायिक वन नजिकैको रोरा खोलामा राखिएको स्काभेटरमा आगजनी गरिएको छ ।

उत्खननका लागि रोरा खोलामा राखेको बा ३ क ३४२१ नम्बरको स्काभेटरमा सोमबार राति अज्ञात समुहद्बारा आगजनी गरिएको इलाका प्रहरी कार्यालय लम्कीका
प्रहरी नायव निरीक्षक ओम प्रकाश बटालाले जानकारी दिए ।
बटालाका अनुसार , आगजनीबाट स्कोभेटरको अगाडिको भाग र इन्जनमा क्षति पुगेको छ ।

देउती निमार्ण सेवाले उक्त रोरा नदीमा केहि दिनदेखि दैनिक ढुंगा निकाल्ने र संकलन गर्दै आएको प्रहरीले जानकारी दिएको छ । आगजनी कस्ले र किन गरिएको हो थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फाइल तस्वीर