सुदूरपश्चिम प्रदेशमा बिहिबार पनि सार्वजनिक विदा

काठमाडौं- पुष १० गते बिहीवार पनि सार्वजनिक विदा दिने घोषणा गरिएको छ ।
भुवा पर्वको अवसरमा पुष १० गते बिहीवार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले मङ्गलबार सूचना जारी गर्दै बिदाबारे जानकारी गराएको हो ।
९ गते बुधबार पनि क्रिसमस डे को अवसरमा राष्ट्रिय बिदा दिइएको छ।
प्रदेश सरकारले साउन ८ गते गरेको निर्णय अनुसार भुँवा पर्वमा बिदा दिइएको मन्त्रालयले जनाएको छ ।
सूचना –


