ट्रकले हान्यो र भाग्यो, छोराकै अगाडी संसार छाडे केसीले - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

ट्रकले हान्यो र भाग्यो, छोराकै अगाडी संसार छाडे केसीले



काठमाडौं- ४१ वर्षका अर्जुनबहादुर केसीलाई आइतबार बिहान ट्रकले ठक्कर दियो उनको घटनास्थलमै मृत्यु भयो ।

काठमाडौंको गुर्जुधारामा ट्रकको ठक्करले मोटरसाइकल चलाइरहेका उनि सधैको लागि अस्ताए ।

नम्बर नखुलेको ट्रकले उनको प्रदेश ३-०२-००९ प ७६२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

छोरालाई स्कुल पुराउन मोटरसाइकलमा हिनेका उनले बिचैमा धर्ति छाडे ।

पर्वत ठूलोपोखरी घर भएका भई हाल चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ चेकपोस्ट बस्ने केसी छोरालाई कलंकीस्थित एलआरआई स्कुलमा छाड्न जाँदै थिए।

मोटरसाइकलको पछाडि बसेका उनका छोरा सामान्य घाइते छन् । केसीको शव अहिले सडकमै छ।

स्थानीय बासिन्दा सडकमा भेला भएका छन्।

प्रहरी बिहानै घटनास्थल पुगे पनि मोटरसाइकललाई ठक्कर दिएर भागेको ट्रक समाउन सकेको छैन।

सामान्य घाइते मृतकका छोराको सतुंगलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ।

गाडीले ठक्कर दिएर कलंकी तर्फ भागेको आफूहरुलाई अनुपले बताएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा संलग्न भएको आशंकामा एउटा बस नियन्त्रणमा लिएको तर यकिन भने भइनसकेको प्रहरीले जनाएको छ । शव अहिले पनि घटनास्थलमै रहेको छ ।

आफन्तले ठक्कर दिने सवारी साधन पत्ता लगाइ कारवाही हुनु पर्ने माग गरेका छन् । अहिले घटनास्थलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यसअघि सोमबार बिहानै क्याम्पस जाँदै गरेकी २१ वर्षकी युवतीलाई काठमाडौँको सुकेधारमा गाडीले ठक्कर दिँदा मृत्यु भएको थियो ।