बुधबार सार्वजनिक विदा - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

बुधबार सार्वजनिक विदा



काठमाडौं- क्रिसमस डे का कारण बुधबार सार्वजनिक विदाको घोषणा गरिएको छ ।

इसाई धर्मावलम्बीहरुले बुधबार (भोलि) आफ्नो पर्व क्रिसमस डे मनाउँदैछन् ।

विश्वभर रहेका इसाई धर्मावलम्बीहरुले बिहीबार क्रिसमस डे धुमधामका साथ मनाउँदैछन् । क्रिसमस डेको अवसरमा नेपाल सरकारले इसाई धर्मावलम्बीहरुलाई सार्वजनिक विदा दिएको छ ।

सम्वत् २०७६ सालभरको सार्वजनिक विदाबारे जानकारी दिन सम्वत् २०७५ चैत १ गते प्रकाशित राजपत्रकाअनुसार पुस ९ गते बुधबार इसाई धर्मावलम्बीहरुका लागि सार्वजनिक विदा दिइएको छ ।

क्रिसमसलगायतका धार्मिक पर्वहरुमा मुलुकभर सार्वजनिक विदा दिइने प्रावधानलाई हटाएर पछिल्ला वर्षमा सम्बन्धित् धर्मावलम्बीहरुलाई मात्रै विदा दिन थालिएको छ ।