भारतिय टीममा रोहित 'आउट' बुमराह 'इन' - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

भारतिय टीममा रोहित ‘आउट’ बुमराह ‘इन’



काठमाण्डौ – भारतीय क्रिकेटमा टी–२० र एकदिवसीयको टीम घोषणा भएको छ। जसानुसार रोहित शर्मा एउटा खेलमा आउट भएका छन् ।

श्रीलंकाविरुद्धको टी–२० र अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ ।

भारतीय टिममा तीव्र गतिका बलर जसप्रीत बुमराह पनि छन् ।

कम्मरको चोटको कारण टिमबाहिर रहँदै आएका बुमराह चोटमुक्त हुँदै लामो समयपछि टिममा फर्किएका हुन् ।

यस्तै भारतले श्रीलंकाविरुद्धको टी–२० सिरिजका लागि रोहित शर्मालाई आराम दिएको छ ।

भारतले जनवरी ५ देखि १० सम्म श्रीलंकासँग तीन खेलको टी–२०सिरिज खेल्नेछ भने जनवरी १४ देखि १९ सम्म अस्ट्रेलियासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।