काठमाडौंबाट एकैदिन पक्राउ परे ८६ जना चिनियाँ गिरोह - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

काठमाडौंबाट एकैदिन पक्राउ परे ८६ जना चिनियाँ गिरोह



काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले ८६ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

नेपालमा पर्यटक भिसामा आई गैरकानुनी गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले काठमाडौँका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको बताउँदै उनीहरुमाथि थप अनुसन्धान भइहरेको बताए ।

प्रहरीले के कस्तो गैरकानुनी गतिविधिमा संलग्न रहेको भन्नेबारे केही खुलाएको छैन ।

पक्राउ पर्नेमा महिला र पुरुष दुबै चिनियाँ नागरिक रहेका छन् ।

प्रहरीले पक्राउ परेकाहरुबाट ल्यापटप, मोबाइल नगदलगायत समेत बरामद गरेको बताइएको छ ।