वेस्ट इन्डिजले भारतलाई दियो विशाल लक्ष्य - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

वेस्ट इन्डिजले भारतलाई दियो विशाल लक्ष्य



काठमाडौं- एक दिवसीय क्रिकेट शृंखलाको तेस्रो खेलमा वेस्ट इन्डिजले भारतसामु बिशाल लक्ष्य प्रस्तुत गरेको छ ।

तेश्रो खेलमा भारतलाई ३१६ रनको टार्गेट दिएको हो ।

निकोलस पुरनको ८९ र किरन पोलार्डका ७४ रन मद्दतमा वेस्ट इन्डिजले भारतसामु राम्रो लक्ष्य राखेको हो।

भारतका तर्फबाट डेब्यु गरेका नवदीप साइनीले २ विकेट लिएका छन्।

उनले सिमरन हेतमेयर र रोस्टन चेसको विकेट लिएका थिए।

यो खेल जित्ने टोलीले तीन खेलको सिरिज कब्जा गर्नेछ।