भारतको उत्तराखण्डमा नयाँ शक्ति विद्यार्थी संघको घोषणा - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

भारतको उत्तराखण्डमा नयाँ शक्ति विद्यार्थी संघको घोषणा



हिमाल पोस्ट /उत्तराखण्ड, माघ १७ 

भारतको उत्तराखण्ड राज्यमा नयाँ शक्ति नेपाल निकट अन्तरास्ट्रिय नेपाली विद्यार्थी संघ (उत्तराखण्ड राज्य समिति) जनवरी २९ तरिकाका दिन आईतवार घोषणा भएको छ। अन्तरास्ट्रिय नेपाली विद्यार्थी संघ-भारतका केन्द्रिय संयोजक बादल बस्नेतको सभापतित्वमा उत्तराखण्डको देहरादुन सहरमा उक्त भेला सम्पन्न भएको  हो।

उक्त कार्यक्रममा अन्तरास्ट्रिय नेपाली समाज भारत संयुक्त दिल्ली राज्य समिति संयोजक रमेश शर्मा र समाजका केन्द्रिय कार्यालय सचीव बिरेन्द्र सिंह ठकुरीको बिशेष उपस्थिति रहेको थियो।

सोहि  कार्यक्रममा केन्द्रिय संयोजक बादल बस्नेतद्वारा देहरादुनमा अध्ययनरत नेपाली विद्यार्थी पंकज यादवको संयोजकत्वमा ३७ सदस्यीय समिति गठन गरिएको हो। 

कार्यक्रममा मधेसी जन अधिकार फोरम लोकतान्त्रिक, बिद्यार्थी संघका केन्द्रिय सदस्य पद परित्याग गर्दै नयाँ शक्तिमा पार्टी प्रवेश गरेका रवि कुमारलाई  स्वागत गरिएको थियो।

कार्यक्रममा अन्तरास्ट्रिय नेपाली विद्यार्थी संघद्वारा भारत ब्यापी रुपमा चलाइएको नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसदको समर्थनमा हस्ताक्षर अभियानलाई पनि निरन्तरता दिइएको थियो।