नकरोड घोडाघोडी सहकारीको नयाँ नेतृत्व चयन ,अध्यक्षमा पुुन : चौधरी
सुखड,कैलाली । नकरोड घोडाघोडी बहुउदेश्यीय सहकारी संस्थाको नयाँ नेतृत्व चयन छ । शनिबार भएको १२ औं चुुनावी साधारण सभामा पुन: लक्ष्मी चौधरीको अध्यक्षतामा नयाँ समिति चयन भएको हो । चौधरीलाई सर्वसहमतिले अध्यक्षमा चयन गरेको हो ।
साधारण सभाले उपाध्यक्षमा मैना ढकाल, सचिवमा रमा देवी आचार्य, कोषाध्यक्षमा हरीकला सापकोटा र सदस्यहरुमा राधिका कुमारी पाण्डे, जमुना ओली, सन्तु क्षेत्री, हेम बहादुुर बम, मनराज उपाध्याय, खडक कडायत र नारायण आचार्य लाई पनि सर्वसहमति बाट चयन गरिएको हो । जसको लेखा समिति संयोजकमा राम प्रसाद सापकोटालाई चयन गरिएको निर्वाचन समितिका संयोजक पुर्ण राज जोशीले जानकारी दिए ।