सन्दीपले देखाए खेल: लिए विकेट - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

सन्दीपले देखाए खेल: लिए विकेट



काठमाडौं- बिग बास लिग (बीबीएल) मा सन्दीप लामिछानेले विकेट लिएका छन् । व्यक्तिगत चौथो ओभरको तेस्रो बलमा सन्दीपले विकेट लिएका हुन् ।

मेलबर्न स्टारको पहिलो खेलमा सन्दीपले चौथों विकेट लिएका हुन् । सन्दीपले ब्रिसबेनका बेन कटिङको विकेटलाई क्याच आउट गराए ।

पहिलो ओभरमा १९ रन खर्चिएर निकै महँगो सावित भएका थिए । तर, दोस्रो र तेस्रो ओभरमा कम खर्चिएका सन्दीपले चौथों ओभरमा विकेट लिएका हुन् ।

मेलबर्नले दिएको १८६ को लक्ष्य पछ्याएको ब्रिसबेनले १४ ओभरमा ४ विकेट गुमाउँदै १०६ रन बनाएको छ ।