पुस ११ गते सभामुख चयन गरिने: यस्तो छ तयारी - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

पुस ११ गते सभामुख चयन गरिने: यस्तो छ तयारी



काठमाडौँ- संसद सचिवालयकी रोशनी शाहीलाई बलात्कार प्रयास गरेर पूर्व सभामुख कृष्णबहादुर महरा जेल चलान भएपछी रिक्त रहेको सभामुख पदको चयन आगामी पौष ११ गते गरिने भएको छ।

आगामी पुस ११ गते सभामुखको निर्वाचन हुने बताइएको छ । शुक्रबार सुरु हुने संसदको हिउँदे अधिवेसनको पहिलो दिन शुक्रबार बस्ने र एक साता स्थगित गरिने भएको छ ।

पहिलो दिन शुक्रबार राष्ट्रपतिले पठाएको संसद आव्हानसम्वन्धि पत्र सुनाइने छ । त्यसपछि मौनधारण र शोक प्रस्ताव मात्र पास हुने कार्यतालिका तय भएको छ ।

शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिमा भएको छलफलमा पुस ११ दिनको १ बजे अर्को बैठक बस्ने र सोही दिन सभामुख चयन प्रकृया सुरु गर्ने गरी सहमति भएको संसद सचिवालयले जनाएको छ ।

पुस ११ गतेसम्म नेकपाले सभामुखको उम्मेद्वारका लागि सहमति खोज्ने छ । यसअघि प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुबीच संसद अधिवेसन र सभामुख चयन प्रकृयाबारे छलफल भएको थियो ।

यधपी सभामुख कसलाई बनाउने भन्ने बारेमा अन्योल नै छ । रिक्त रहेको सभामुख पूर्वमाओवादीले पाउनुपर्ने अडान एक पक्षले लिएको छ भने प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई दिने तयारी गरेको बुझिएको छ ।