कन्सल्टेन्सीको नाममा ठगी धन्दा
काठमाडौं- कन्सल्टेन्सीको नाममा ठगि गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
आफूलाई कन्सल्टेन्सीको म्यानेजिङ डाइरेक्टर भनी ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आफूलाई ओशो भिजन कन्सल्टेन्सी र हार्ट इन्टरनेसनलको म्यानेजिङ डाइरेक्टर बताउँदै ठगीमा संलग्न रहेको आरोपमा स्याङ्जाको पुतलीबजार २ घर भएका रोहिन भनिने नेत्रबहादुर घर्तीलाई बिहीवार धापासीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट १३ लाख रुपैयाँको चेक, ७ लाख नगद, ५३ थान पासपोर्ट, २ वटा सरकारी छाप र केही पुलिस रिपोर्ट पनि बरामद भएको प्रहरीले जनाएको छ ।
घर्तीविरुद्ध ६ जनाले उजुरी गरेका छन् । अन्यलाई पनि ठगेको हुनसक्ने भएकाले ठगिएको यकिन रकम भने खुलिनसकेको प्रहरीले जानकारी दिएको छ ।