उडान ठप्प: हजारौं यात्रु विमानस्थलमै रोकिए - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

उडान ठप्प: हजारौं यात्रु विमानस्थलमै रोकिए



काठमाडौं- पश्चिमी वायुको प्रवेशले देशभरको मौसमा प्रभावित बनेको छ । शितलहरका कारण देशभरको आन्तरिक उडान सेवा प्रभावित बनेको छ ।

देशको पूर्वदेखि पश्चिम तराईमा शितलहरका कारण बाक्लो हुस्सुले भिजिविलिटी नहुँदा उडान प्रभावित बनेको हो ।

विमान कम्पनीहरुले विहानको उडान तालिकामा कुनै परिवर्तन नगरेका कारण विहानी सेवा लिने यात्रुहरु दिउँसो सम्मनै विमानस्थलमा आकास खुल्ने आशामा बस्दै आएका छन् ।

साना तथा ठूलो बिमान उडाउन चाहिने आवश्यक भिजिविलिटी नहुँदा हवाई यात्रु प्रभावित बनेको विमानस्थल स्रोतले बताएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसममा आएको परिवर्तनका कारण अहिले नेपालको तराई क्षेत्र बाक्लो हुस्सुबाट प्रभावित बनेको छ ।

तराईमा लागेको बाक्लो हुस्सु र कुहिरोका कारण दिउँसो मात्रै आकास खुल्ने अनुमान गरिएको छ ।

मौसममा सुधार नहुँदा तराईका अधिकांश क्षेत्रबाट हुने विहानका उडान तालिका प्रभावित बनेका छन् ।