भागेर अमेरिका पुगेका प्रहरी निरीक्षक पक्राउ - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

भागेर अमेरिका पुगेका प्रहरी निरीक्षक पक्राउ



काठमाडौं- भिआईपी प्रोटेक्सन तालिमका लागि अमेरिका गएका बेला उतै लुकेका शसस्त्र प्रहरीका एक अधिकृत पक्राउ परेका छन् ।

तालिमका लागि अमेरिकामा गएका बेला लुकेका नायव निरीक्षक (सई) उमेश सिलवाल पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बलको टोलीले उनलाई हिजो (बिहीबार) लतिलपुरबाट पक्राउ गरेको हो । उनी २० चैत २०६७ देखि उनी संगठनलाई जानकारी नदिई भागेका थिए ।

भिआईपी प्रोटेक्सन तालिमका लागि अमेरिका गएका बेला उनी उतै लुकेको पत्ता लागेपछि सशस्त्र प्रहरी विशेष अदालतले गत वर्ष भदौमा भगौडा मुद्दामा दोषी ठहर गरी तीन वर्ष कैद सजाय सुनाएको थियो ।

सोही फैसला कार्यान्वायनको क्रममा उनलाई पक्राउ गरी महान्यायधिवक्ता कार्यालयमार्फत कारागार चलान गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी सुरज श्रेष्ठले बताएका छन् ।