एम्बाप्पेको ट्वीटर ह्याक - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

एम्बाप्पेको ट्वीटर ह्याक



एजेन्सी । पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी कायलियान एम्बाप्पेले ह्याकरहरुको समूहले आफ्नो ट्वीटर एकाउन्ट ह्याक भएको जानकारी दिएका छन् ।

बिहीबार बिहान उनको ट्वीटर ह्याक भएको देखिएको थियो ।

२१ वर्षीय फ्रेन्च खेलाडीको ट्वीटरमा देखिने नामको साटो ००० भनेर लेखिएको थियो । ह्याकरहरुले उनको अकाउन्टबाट केही पोष्ट भने गरेनन् ।

२०१७ का गोल्डन ब्वाइ विजेता एम्बाप्पेले ले मान्सबिरुद्ध पीएसजीले ४–१ को जीत निकालेपछि ट्वीट गरेपछि उनको अकाउन्ट ह्याक भएको थियो ।

पीएसजीले यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै फ्रेन्च लिगको शीर्ष स्थानमा कब्जा जमाएको छ ।

दोस्रो स्थानमा रहेको मार्सेभन्दा सात अंकले अघि रहेको छ । पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा पनि प्रवेश गरिसकेको छ ।