विद्यार्थीहरुलाई पुरस्कार वितरण - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

विद्यार्थीहरुलाई पुरस्कार वितरण



सुखड,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका भित्रका सामुदायीक र संस्थागत विद्यालयका विद्यार्थीहरुलाई नगदसहित पुरस्कार वितरण गरिएको छ ।

घोडाघोडी फाउण्डेशनको एघारौँ बार्षिक उत्सवको अवसरमा
नगरपालिका भित्रका सामुदायीक र संस्थागत विद्यालयबाट
कक्षा ५, ८ र १० को बोर्ड परिक्षमा सबै भन्दा उच्च अंक ल्याउने १८ जना होनहार बिद्यार्थीहरुलाई हौसला प्रदान गर्दै शनिबार पुरस्कार वितरण गरिएको हो ।

पुरस्कार बितरण तथा सम्मान कार्यक्रममा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुति रहेको थियो । कार्यक्रममा लोक दोहोरी गायक खुमन अधिकारी, लोक दोहोरी गायिका सम्झना लामिछाने मगर ,देउडा गायिका रेखा जोशी र हास्य कलाकार सुवोध गौतमको प्रस्तुति संगै उपस्थित दर्शकहरुलाई भरपुर मनोरंजन लिएका थिए ।

फाउन्डेसनका अध्यक्ष शिव प्रसाद आचार्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सुदुरपश्चिम विश्व विद्यालयका पुर्व रजिस्ट्रार तथा सुदुरपश्चिम प्रदेशकै अगुवा विद्वान प्राध्यापक डा. हेमराज पन्त, बरिष्ठ समाजसेबी शुमित्रा बस्नेत लगायतका अन्य व्यक्तिहरुद्धारा बिद्यार्थीहरुलाई पुरुस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा बरिष्ठ समाजसेवी सुमित्रा बस्नेतले विद्यार्थीहरुको मनोबल उच्च राख्न आफुले केही सहयोग गर्न पाएकोमा आफु अत्यन्तै खुशी भएको भन्दै आगामी दिनहरुमा समेत आफुले गर्ने समाजसेवामा कमि नआउने प्रतिबद्धता ब्यक्त गरिन । कार्यक्रममा समाजसेवी बस्नेतलाई समेत कदरपत्रले सम्मानित समेत गरिएको थियो ।

घोडाघोडी फाउण्डेसनका कार्यकारी निर्देशक लक्ष्मी प्रसाद भट्टराईको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन भानुभक्त आचार्य र कुसुम धामीले गरेका थिए ।