कोहलपुर तनावग्रस्त: यातायात ठप्प, गाडीमा आगजनी
बाँके- कोहलपुरमा ट्रकको ठक्करबाट स्कूले बालिकाको मृत्यु भएको छ। आइतबार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल चोकमा भएको उक्त दुर्घटनापछि कोहलपुर तानवग्रस्त बनेको छ ।
ट्रकको ठक्करबाट ज्यान गएकी बालिकाको सनाखत भएको छैन । स्कुले बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् ।
भिड नियन्त्रणका लागि प्रहरीले बल प्रयोग गरेको थियो । आक्रोशित समूह र प्रहरीबीच ढुङ्गा हानाहान भएको थियो ।
दर्जनौं गाडीहरु बीच सडकमै रोकिंदा यात्रुहरु अलपत्र परेका छन् । सडकमा रोकिएका अधिकांश गाडीहरुको सिसा विद्यार्थीहरुले फुटाईएको छ ।
आक्रोशित समुहले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पनि पारेका छन् । प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ ।