देउवाको आरोप: सरकार भारतको गुलाम बन्यो - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

देउवाको आरोप: सरकार भारतको गुलाम बन्यो



नवलपुर :पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवादमा सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् ।

पछिल्लो समय भारतले जारी गरेको नक्साका विषयमा कांग्रेस र जनस्तरबाट समाधान गर्न दबाब दिए पनि नेकपाको सरकारले चासो नदिएको उनको आरोप छ ।

‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो अभिन्न अंग हो । हामी यसलाई कुनै हालतमा छाड्दैनौँ । अहिले देशभर विरोध भइरहेको छ । सरकारले भारतसँग संवाद गरी समाधानतर्फ लाग्नुपर्नेमा मुकदर्शक बनेर बसेको छ,’ नेता देउवाले भने ।

देउवाले जनता र काङ्ग्रेस जति चिच्याए पनि सीमा विवादमा ओली सरकारले आवाज उठाउने नसक्ने आरोप समेत लगाएका छन् ।

उनले सरकार नालायक भएको बताउंदै जनता र काङ्ग्रेस सबैले साथ् दिएको बेला समेत दुई तिहाई सरकारले आफ्नो भारत परस्त औकात देखाएको र गुलाम बनेको बताएका छन् ।

देउवाले सीमा समस्याको बारेमा लगातार आवाज उठाउँदै आएका छन् । केहि हप्ता अगाडी पोखराबाट देउवाले केपी ओलीकै सल्लाहमा भारतले नेपालको सीमा मिचेर नक्सा जारी गरेको आरोप समेत लगाएका थिए ।