प्रचण्डलाई प्रधानमन्त्री बनाउने भारतको ‘प्लान’बारे बिजुक्छेको खुलासा
भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने ‘डिजाइन’ बनाएको खुलासा गरेका छन् ।
शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था खराब भएपछि भारत दाहाललाई प्रधानमन्त्री बनाउने खेलमा लागेको थुप्रै प्रमाण भेटिएको बताए ।
कार्यक्रममा बोल्दै बिजुक्छेले भारतकै डिजाइनमा नेकपामा दुई अध्यक्ष बनाइएको दाबीसमेत गरे ।
दाहाललाई प्रधानमन्त्री बनाएर लिपुलेक, कालापानी र लिम्पियाधुरा आधा–आधा गर्ने डिजाइन पनि भइरहेको बिजुक्छेको भनाइ थियो ।
भारतसँगको सीमा विवादलाई अन्तर्राष्ट्रिय अदालतमा पुर्याउन दिएको सुझाव सरकारले नमानेको भन्दै उनले यसतर्फ सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए ।