गुल्मीमा १० वर्षिया बालिका बलात्कृत
गुल्मी । गुल्मीमा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । स्कूल जाने क्रममा बिहीबार गाडी चालकबाट बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
स्कुल जान दाजुहरूसँगै गाडी चढेकी बालिकालाई चालकले दाजुलाई एक ठाउँमा छोडेर बालिकालाई अर्कै ठाउँमा लगेको बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बालिका दाजुले बस चालकले बहिनीलाई अन्यत्र लगेको देखेपछि घरमा खबर गरेका थिए । चालकले बालिकालाई ३० रुपैयाँ दिएर फाएर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ ।
बालिकाका बलात्कार आरोपमा प्रहरीले रुरु क्षेत्र गाउँपालिका-३ लोलङखोलाका ४१ वर्षीय गाडी चालक भोजबहादुर सार्कीलाई पक्राउ गरेको छ । सोही क्षेत्रमा गाडी चलाउँदै आएका थिए ।

