आवरण वैदेशिक रोजगारी, काम मानव बेचविखन - Himal Post Himal Post
  • ३ श्रावण २०८३, आईतवार
  •      Sun Jul 19 2026
Logo

आवरण वैदेशिक रोजगारी, काम मानव बेचविखन



काठमाडौं- सरकारले वैदेशिक रोजगारीको ठगी नियन्त्रणमा कडाइ गरिरहेका बेला मानव बेचविखनमा समेत वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता सक्रिय रहेको देखिएको छ ।

मानव बेचविखनका एकतिहाई घटना वैदेशिक रोजगार र परामर्शसँग सम्बन्धित रहेको पाइएको छ ।

सरकारले वैदेशिक रोजगार व्यवसायका नाममा देखिएको अराजकतालाई नियन्त्रण गर्न नसक्दा वैदेशिक रोजगारीको आडमा मानव बेचविखन तथा ओसारपसार बढेको अध्ययनले देखाएको छ ।

महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समूहले मानव बेचविखन तथा ओसारपसारसम्बन्धी सामग्रीहरुको अध्ययन तथा विश्लेषण गरी तयार गरिएको प्रतिवेदनले ठगीमा वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता पनि दोषी देखिएका हुन् । कारोबार दैनिकमा खबर छ