पूर्वराजाले भने: राक्षसहरूले देश खत्तम पारे - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

पूर्वराजाले भने: राक्षसहरूले देश खत्तम पारे



पाल्पा : देश दौडाहामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह बिहिबार पाल्पाको तानसेन पुएका छन्। तानसेनमा उनले अहिले मुलुकको परिस्थिति अप्ठ्यारो अवस्थामा रहेको बताएका छन्।

शाहले मुलुकको अहित चाहनेहरूले विभिन्‍न चलखेल गरिरहेको उनले दाबी गरेका छन्। शाहले बिहीबार तानसेनस्थित श्री ७ रणउजिरेश्वरी भगवतीमा पूजाआरधना गरेपछि यस्तो बताएका हुन्।

उनले भनेका छन्, ‘पछिल्लो समयमा आसुरी अर्थात् राक्षसी शक्तिको बाहुल्यता बढेको छ’ उनले भने ‘सबै एकजुट भएर पराजित गरेर भगाउनुपर्छ। आशा छ, यसबाट हामी सबै नेपालीले छुटकारा पाउने छौँ। यद्यपि सबै जागरुक हुनुपर्नेमा उनले जोड दिए।

‘हामी सबै नेपाली एक ढिक्का भएर बस्नुपर्छ। सबै नेपालीको सम्बन्ध भाइचाराको बन्‍नुपर्छ’ उनले थपे ‘जहिले पनि यसको लागि मैले प्राथना गरिरहेको छु।’ उनले भने ।

अहिलेको परिस्थिति अलि अप्ठेरो अवस्थामा रहेको आफूलाई महसुस भएको उनले बताए। त्यसले आफ्नो मनभित्र राष्ट्रप्रतिको राष्ट्रियता जगाएको उनी बताउछन्। ‘त्यसको रक्षा हमी सबै मिलेर गर्नुपर्छ’ पूर्वराजा शाहले भने।

जबसम्म देशमा शान्ति हुँदैन तबसम्म सबै नेपाली ढुक्क भएर बाँच्‍न नपाइने उनले बताए। मुलुकमा सबै बाँच्‍न पाउने गरी शान्ति स्थापना गर्न जस्तोसुकै परिस्थिति भए पनि नेपाली एक ढिक्का भएर लाग्‍नुपर्ने पूर्वराजा शाहको भनाइ छ।