प्रधानमन्त्रीको १० दिनको उपचार खर्च: दुई लाख ५४ हजार मात्र - Himal Post Himal Post
  • ३ श्रावण २०८३, आईतवार
  •      Sun Jul 19 2026
Logo

प्रधानमन्त्रीको १० दिनको उपचार खर्च: दुई लाख ५४ हजार मात्र



काठमाडौं : महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा १० दिन उपचारपछि प्रधानमन्त्री ओली बिहिबार निवास फर्किएका छन्।

मंसिर १० एपेन्डिक्सको समस्या देखिएपछी अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको शल्यक्रिया भएको थियो।

प्रधानमन्त्री ओलीको १० दिन सम्मको उपचार र शल्यक्रियासहित जम्मा साढे दुई लाख रुपैयाँ खर्च भएको छ ।

स्रोतका अनुसार ओलीको शल्यक्रियासहित १० दिन अस्पतालको आईसीयूमा उपचार गर्दा दुई लाख ५४ हजार ६ सय ८८ रुपैयाँ खर्च भएको हो।

प्रधानमन्त्रीको उपचार खर्च प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नै भुक्तान गरेको बताइएको छ ।

प्रधानमन्त्रीले अझै एक साता निवासमै आराम गरेपछि मात्र आफ्नो काममा सक्रिय हुनेछन ।