उपचार गरेर होइन, शक्ति संचय गरेर फर्केजस्ता प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ३ श्रावण २०८३, आईतवार
  •      Sun Jul 19 2026
Logo

उपचार गरेर होइन, शक्ति संचय गरेर फर्केजस्ता प्रधानमन्त्री ओली



काठमाडौं – एपेन्डिक्सको अप्रेशन गरेर दश दिन अस्पतालमा आराम गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली बिहीवार निवास फर्किएका छन् ।

अन्य दिनभन्दा बढी अनुहारमा चमक देखिएका ओली अस्पताल हाताबाट बिदा हुँदा मन्द मुस्कानसहित बाहिरिएका थिए।

मंसिर १० गते रातिबाट पेट दुखेपछि बिहान अस्पताल भर्ना भएका ओलीलाई एपेन्डिसाइटिस फुटेर सरिरमा संक्रमण फैलिएको अस्पतालले जनाएको थियो ।

पहिले भन्दा पनि आत्मविश्वास सहित मुस्कुराउँदै निस्किएका ओलीलाई देख्दा उपचार गरेर होइन शक्ति संचय गरेर फर्केको भान हुन्थ्यो

अस्पतालबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै भनेका छन्, ‘पूर्ण रूपमा स्वस्थ भएर अस्पतालबाट घर फर्किंदैछु ।’

त्रिवि शिक्षण अस्पताल परिसर महराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अघिल्लो मंगलवार बिहान ओलीको शल्यक्रिया गरिएको थियो ।

अस्पतालमा रहँदा ओलीको मिर्गौलाको डायलासिस समेत गरिएको थियो । अस्पतालमा रहँदा स्वास्थ्य अवस्थाबारे अफवाह फैलिएपछि सोमवार ओलीले अस्पतालबाटै भिडियो सन्देश समेत जारी गरेका थिए ।