पाल्पामा जिप पल्टियो, ठुलो क्षतिको अनुमान - Himal Post Himal Post
  • ३ श्रावण २०८३, आईतवार
  •      Sun Jul 19 2026
Logo

पाल्पामा जिप पल्टियो, ठुलो क्षतिको अनुमान



पाल्पाको तिनाउ गाउँपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बिहीबार बिहान ११ बजे लु१ज ४२०९ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्गमा जीप दुर्घटना भएको जनाइएको छ ।

अहिले सम्म मृतकको पहिचान भने खुलेको छैन । जिपमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन ।

प्रहरी टोली र स्थानीयहरू उद्धारमा खटिएको जनाइएको छ । ठुलो क्षतिको अनुमान गरिएको छ ।

थप विवरण आउन बाँकी छ ।