एउटा समाचारले ल्याएको भूइंचालो: बम्किए बास्कोटा र प्रदिप ज्ञवाली - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

एउटा समाचारले ल्याएको भूइंचालो: बम्किए बास्कोटा र प्रदिप ज्ञवाली



काठमाडौं-सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री गोकुलप्रसाद वास्कोटाले नयाँ पत्रिका दैनिकमा आज प्रकाशित समाचारको खण्डन गर्दै समाचार हचुवा र अनुमानकारितामा आएको भन्दै खेद प्रकट गरेका छन ।

नयाँ पत्रिका दैनिकले सागको रकमले मन्त्रीहरुले एक जोर दौरा सुरुवाल जोडेको भन्दै समाचार छापेसँगै संचारमन्त्रीले समाचार गलत भएको भन्दै प्रमाणित गर्न चुनौती दिएका हुन ।

उनले आफ्नो फेसबुकवाल मार्फत नेपाली पत्रकारिताको विश्ववनियतालाई लिएर पुनः चिन्ता उब्जिएको भन्दै समाचारको तथ्यपरकता पुष्टि गर्न संचारगृहलाई चुनौती दिएका हुन ।

यस विषयमा मन्त्री वास्कोटाले आफूले सागको नाउँमा कुनै दौरा सुरुवाल नलिएको दावी गरे । ‘समाचारमा भनिएजस्तो महिले सागको नाउँमा दैरा सुरुवाल लिएको छैन, झुटो समचारको खण्डन गर्दछु ।’ मन्त्री वास्कोटाको भनाई छ ।

यसैगरी परराष्ट्रमन्त्री प्रदिप ज्ञावालीले समेत नयाँ पत्रिकाको समाचार झुट भएको र आफूले कुनै दैरा सुरुवाल नलिएको भन्दै समाचारको खण्डन गरेका छन । दौरा सुरुवालको विषयमा आफूलाई कुनै जानकारी नभएको भन्दै समाचारप्रति उनले आश्चर्यता व्यक्त गरेका हुन ।