ओली-प्रचण्ड अस्पतालमै गोप्य बैठक: मध्यरातमा फर्किए प्रचण्ड - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

ओली-प्रचण्ड अस्पतालमै गोप्य बैठक: मध्यरातमा फर्किए प्रचण्ड



काठमाडौं- आइतबार राति करिव १२ बजेको समयमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड महाराजगन्ज पुगेका छन्। मध्यरातमा उनि अस्पतालको आइसीयुमा रहेका प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका थिए।

एकाएक प्रचण्ड मध्यरातमा ओलीलाई भेट्न पुगेपछि पार्टीमा भने तरङ्ग उत्पन्न भएको छ । स्रोतका अनुसार मध्यरातमा प्रचण्ड उपनिर्वाचनको परिणाम, सरकार संचालन र पार्टीका केहि विषयमा छलफल गर्न अस्पताल पुगेको बताइएको छ ।

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारको लागि अस्पतालमै रहेपछि पार्टी र सरकार संचालन, भारतीय नक्साबरे उत्पन्न विवाद जस्ता विषयले गति लिन नसकेको बेला प्रचण्ड ओलीलाई भेट्न अस्पतालमै पुगेका हुन् ।

स्रोतका अनुसार दुवै नेताबीच उपनिर्वाचनको परिणामबारे समिक्षा भएको थियो । छ महिनाको योजना बनाएर देशव्यापी सक्रियता बढाउनेबारे छलफल भएको बुझिएको छ ।

प्रचण्डले छिट्टै पार्टीको बैठक डाक्नेबारे समेत जानकारी गराएका थिए । उपनिर्वाचनपछिको राजनीतिक परिस्थितिबारे समिक्षा गर्न बैठक बस्ने सहमति समेत बनेको छ ।

प्रधानमन्त्री ओली र प्रचण्डकै सल्लाहमा भारतमा वार्ताको लागि विशेष टोली पठाउने बारेमा पनि छलफल भएको स्रोतको दाबी छ।