विद्या भट्टराईको सानदार विजय: खेमराजले दिए बधाई - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

विद्या भट्टराईको सानदार विजय: खेमराजले दिए बधाई



पोखरा : कास्की–२ मा नेकपाकी विद्या भट्टराई विजयी भएकी छन्। कांग्रेसका खेमराज पौडेललाई भारी मत अन्तरले पराजित गर्दै विद्या विजयी भएकी हुन्।

ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि शनिबार उपनिर्वाचन भएको हो।

विद्या रवीन्द्रकी पत्नी हुन्। उनले कांग्रेस उम्मेदवार खेमराजलाई आठ हजार बढी मतअन्तरले जितेकी हुन्। विद्याको जितसँगै पोखरामा नेकपा नेता तथा कार्यकर्ताले खुशीयाली मनाएका छन्। निर्वाचन आयोगले मतगणनाको अन्तिम परिणाम औपचारिक रुपमा सार्वजनिक भने गरेको छैन ।

२०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा रविन्द्र अधिकारीले २७ हजार २०७ मत ल्याएर शानदार जित दर्ता गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मतमात्र ल्याएका थिए । नेकपाका लोकप्रिय नेता स्वर्गीय अधिकारी २०६४/०७० मा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए। साेही क्षेत्रमा उनकी पत्नी विद्याले शानदार जित दर्ता गरेकी हुन् ।

भट्टराईलाई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले बधाई दिएका छन् । कास्की-२ मा विद्याको जित निश्चित भएपछि पौडेलले बधाई दिएका हुन् ।