धरानमा कांग्रेसको अग्रता बढ्यो
काठमाडौं । धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता बढाएको छ ।
कांग्रेस उमेदवार तिलक राई नेकपाका उमेदवार प्रकाश राईभन्दा ७ सय ४५ मतले अग्रता लिइरहेका छन् ।
कांग्रेसका राईले ७ हजार ९१५ मतले अग्रता लिइरहँदा उनका प्रतिस्पर्धि नेकपाका राई ७ हजार १७० मतका साथ पछ्याइरहेका छन् ।
सुरूआती अग्रता लिएको नेकपा १६ नम्बर वडाको मत गन्दा पछि परेको थियो । वडा नम्बर १४ र १५ मा पनि कांग्रेसले अग्रता लिएको छ ।
आफ्नो प्रभाव क्षेत्र मानिएको १६ मै नेकपापछि परेको हो । त्यहाँ नेकपाले १८ सय ४९ मत ल्यायो भने कांग्रेसले २३४० मत पायो ।