अष्ट्रेलिया पठाउने भन्दै लाखौँ ठग्ने अर्घाखाँचीकी युवती जेल चलान - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

अष्ट्रेलिया पठाउने भन्दै लाखौँ ठग्ने अर्घाखाँचीकी युवती जेल चलान



काठमाडौँ । अस्ट्रेलिया पठाईदिन्छु भन्दै ठगी गर्ने अर्घाखाँचीकी एक युवती जेल चलान भएकी छन् ।

अर्घाखाँची जिल्लाकाे बाँगी घर भइ काठमाडौं बस्ने बसन्ता आचार्यलाई वैदेशिक रोजगार न्यायधिकरणकाे फैसलाले १ वर्ष ६ महिना जेल चलान गरेको छ ।  

असार देखि फरार उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले शुक्रबार काठमाडौंको केएल टावरबाट पक्राउ गरेको थियाे ।

उनी बिरूद्ध २०७२ सालमा बैदेशिक रोजगार न्यायधिकरणमा मुद्दा दायर गरेका थिए ।

काठमाडौंबाट पक्राउ परेकी उनले आफु टिभी तथा युट्युबका काम गर्ने भन्दै ठगेको बताइएको छ ।

आचार्यले २०६९ कार्तिक १० गते रु ६ लाख लिएर अष्ट्रेलिया नपठाएपछि गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधाराका हरी थापाले उनी बिरूद्ध २०७२ सालमा बैदेशिक रोजगार न्यायधिकरणमा मुद्दा दायर गरेका थिए ।

न्यायधिकरणको फैसलापछि फरार रहेकी उनलाई पक्राउ गरेर कारागार पठाएकाे सीआईबीले जनाएकाे छ ।

आचार्यबिरूद्द आफूले मात्र मुद्दा दायर गरेपनि उनले धेरैलाई ठगी गरेकाे थापाकाे भनाइ छ ।