वडाध्यक्षमा कहाँ कसले जित्यो ? (सम्पूर्ण विवरणसहित) - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

वडाध्यक्षमा कहाँ कसले जित्यो ? (सम्पूर्ण विवरणसहित)



काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

नगरपालिका र गाउँपालिकाका ४३ वडाध्यक्ष पदमा शनिबार निर्वाचन सम्पन्न भएको हो ।

चुनावी परिणामले पुरानो दृश्यमा केहि फेरबदल भएको छ । हेर्दा चितवन र दाङका केही वडाहरू नेकपाबाट कांग्रेसले खाेसेकाे छ ।

अहिलेसम्म प्राप्त वडाध्यक्षहरुको चुनावी नतिजा:

सुनर्या गाउँपालिका वडा नं १ (बैतडी)

कांग्रेस, गजेन्द्रबहादुर चन्द – २१९ (विजयी)

नेकपा, धनबहादुर चन्द २१५

कुल मतदाता– ६१९

खसेको मत–४३८

(यसअघिको चुनाव पनि कांग्रेसले नै जितेको थियो)

हरिपूर्वा नगरपालिका वडा नं १ (सर्लाही)

समाजवादी पार्टी, श्यामबाबु राय ३४७ (विजयी)

राजपा, रामविश्वास राय ३२८

जनमत पार्टी– ५२

कांग्रेस– २३

कुल मतदाता– १३५६

खसेको मत–१०९३

(यसअघिको चुनाव नेकपाले जितेको थियो)

घोराही नगरपालिका वडा नं १६ ( दाङ )

कांग्रेस, ७६५ (विजयी)

नेकपा, ३७८

(यसअघिको चुनाव नेकपाले जितेको थियो)

मालारानी गाउँपालिका वडा नं ३ ( अर्घाखाँची )

कांग्रेस, शोभाकर खनाल ११५९ (विजयी)

नेकपा, यामलाल खनाल १०५३

कुल मतदाता– ३०३०

खसेको मत–२२२५

(यसअघिको चुनाव नेकपाले जितेको थियो)

खैरहनी नगरपालिका वडा नं ४ ( चितवन )

कांग्रेस, देवबहादुर बस्नेत ११३८ (विजयी)

नेकपा, वेदबहादुर अधिकारी, ९८६

कुल मतदाता–

खसेको मत–२१७२

(यसअघिको चुनाव पनि कांग्रेसले नै जितेको थियो)

खैरहनी नगरपालिका वडा नं ५ ( चितवन )

कांग्रेस, प्रतिमा बस्नेत कार्की ८४२ (विजयी)

नेकपा, पुननारायण प्र्रधान ७५६

खसेको मत–१६७०

(यसअघिको चुनाव नेकपाले जितेको थियो)

धुलिखेल नगरपालिका वडा नं २ (काभ्रे)

नेकपा, देव कोइराला ८६७ (विजयी)

कांग्रेस, दणबहाुदर खत्री ५८२

राजपा, बासु थापा – ३२

राप्रपा संयुक्त, कृष्ण तामाङ – ६

खसेको मत– १५०२

(यसअघिको पनि चुनाव नेकपाले नै जितेको थियो)

रुरु गाउँपालिका वडा नं ६ (गुल्मीे)

नेकपा, गिरीप्रसाद सिँजाली ८०२ (विजयी)

कांग्रेस, वेदप्रसाद दर्लामी, ७२७

कुल मतदाता– २०४८

खसेको मत– १५४४

(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)

खाँदबारी नगरपालिका वडा नं ३ ( संखुवासभा )

नेकपा, भरतकुमार घिमिरे ७९६ (विजयी)

कांग्रेस, विक्रम गुरुङ ४६७

कुल मतदाता– १८२२

खसेको मत–१२७०

(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)

दक्षिणकाली नगरपालिका वडा नं ३ ( काठमाडौं )

नेकपा, शिवभक्त वलामी ६१८ (विजयी)

कांग्रेस, जयशंकर केसी २७८

(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)

सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ ( पर्सा )

समाजवादी, रुपलाल यादव १०३१ (विजयी)

कांग्रेस, अशेश्वर यादव ८१९

नेकपा, उदयशंकर रौनियार २३२

कुल मतदाता–

खसेको मत–२१७२

(यसअघिको चुनाव पनि समाजवादीले नै जितेको थियो)

गढीमाई नगरपालिका वडा नं २ ( रौतहट )

कांग्रेस, दीपेन श्रेष्ठ ७७१ (विजयी)

नेकपा ५९६

समाजवादी १२२

(यसअघिको चुनाव राजपाले जितेको थियो)

थबाङ गाउँपालिका वडा नं १ (रोल्पा)

नेकपाका जनकबहादुर बूढामगर १७४ (विजयी)

कांग्रेसका कमलबहादुर रोका मगर– २६

कुल मतदाता– १२८४

खसेको मत–२०९

(यसअघिको चुनाव स्वतन्त्र उर्फ विप्लव समूहले जितेको थियो)

कुमाखमालिका गाउँपालिका वडा नं ५ (सल्यान)

नेकपा, धर्मे बूढाथोकी ७९२ (विजयी)

कांग्रेस, २५१

राप्रपा २१

(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)

सुन्दर बजार नगरपालिका वडा नं २ ( लमजुङ )

नेकपा, नवीन कुमार श्रेष्ठ ९९३ (विजयी)

कांग्रेस प्रकाश सेढाएँ ४८२

(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)