प्रधानमन्त्री ओलीको सातौं डायलसिस - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

प्रधानमन्त्री ओलीको सातौं डायलसिस



काठमाण्डौं- आईसीयूमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार सातौं पटक डायलसिस गरिएको छ ।

यसअघि ग्रान्डी इन्टरनेसनल हस्पिटलमा २६ दिनमा चार पटक डायलसिस गरिएको थियो ।

एपेन्डिसाइटिस भएर प्रधानमन्त्री ओली मनमोहन काड्रियोथोरास्रिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएयता तीन पटक डायलसिस गरिएको हो ।

एपेन्डिक्सको शल्यक्रिया गरिएको पाँचौं दिन शनिबार प्रधानमन्त्री ओलीले उसिनेको अन्डा र साग खाएका छन् ।

उनलाई आईसीयूभित्रै सहारा दिएर हिँडडुलसमेत गराइएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।