अछाममा २ सय १५ अन्तरले नेकपा विजयी - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

अछाममा २ सय १५ अन्तरले नेकपा विजयी



अछाम : मेल्लेख गाँउपालिका–५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रमेश खड्का विजयी भएका छन्।

उनले नेपाली कांग्रेसका वीरबहादुर बोहराभन्दा २१५ मत बढी ल्याई विजयी भएका हुन्।

कुल खसेको १ हजार ३५७ मतमध्ये खड्काले ७७८ मत प्राप्त गरेका छन्। बोहराले ५६३ मत प्राप्त गरेका छन्।

१६ मत बदर भएको मुख्य निर्वाचन अधिकृत नवीनकुमार जोशीले जानकारी दिए।

नेकपा र कांग्रेसका कार्यकर्ताबीच शनिबार साँझ झडप समेत भएपछि राति अबेर मात्र मतगणना सुरु भएको थियो।

झडपमा परेर नेकपाका गम्भीर साउद घाइते भएका छन्। उनको बयाल्पाटा अस्पतालमा उपचार भइरहेको छ।

कांग्रेसका डम्बर स्वारको टाउकोमा धारिलो हतियार प्रहार भएको छ। अवस्था सामान्य बनाउन प्रहरीले हवाई फायर गरेको थियो।