कास्की २ सुरुवातमै ठुलो अग्रता - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

कास्की २ सुरुवातमै ठुलो अग्रता



पोखरा- कास्की २ मा नेकपाले अग्रता लिएको छ । करिब ६ हजार मत गन्दा नेकपाले ३२७६ प्राप्त गरेकाे छ। यसैगरी कांग्रेसले २११५ पाएकाे छ।

उक्त निर्वाचन क्षेत्रमा ४५ हजार ५ सय ६३ मत खसेको थियो।

सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई अधिकारी उम्मेदवार छिन्। नेपाली कांग्रेसबाट खेमराज पौडेल र साझा पार्टीबाट रजनी केसी प्रतिस्पर्धा गर्दैछन्।

यसैगरी, विवेकशीलबाट जमुना शर्मा, समाजवादीबाट धर्मराज गुरुङ, देशभक्त समाजबाट वीरबहादुर विश्वकर्मा, नेपाली कांग्रेस बिपीबाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ती पार्टीबाट पूर्णबहादुर राना, नेकपा मालेबाट टेकनाथ भण्डारी, मंगोल नेशनल अर्गानाइजेशनबाट रियाज गुरुङ, राप्रपा संयुक्त गंगा मल्ल, राप्रपा रोमबहादुर भण्डारी चुनावमा उम्मेदवार छन् ।