बाजुरामा कांग्रेसले जितेको गलत प्रचार: नेकपाका मनराजे विजयी - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

बाजुरामा कांग्रेसले जितेको गलत प्रचार: नेकपाका मनराजे विजयी



बाजुरा – बाजुराको त्रिवेणी १ मा नेपाली कांग्रेसले जितेको भनि गलत प्रचार भएको जनाइएको छ। उक्त स्थानमा नेकपाका उम्मेदवार मनराजे बुढा विजयी भएका छन्।

नेकपाका मनराजे बुढा मिलनले ३६७ मतसहित विजयी भएका हुन्।

निकटतम पतिद्वन्द्वी कांग्रेसका चँदाराले ३४७ मत ल्याए भने राप्रपाका मिनबहादुर ढोलीले २ मत पाए।

जम्मा खसेको मत ७२७ थियो। त्यसमध्ये बदर ११ भएको थियो।