चितवनमा कांग्रेस विजयी
काठमाडौं- चितवनको खैरहनी नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेस विजयी भएको छ।
नेपाली कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका उम्मेदवार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन्।
कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन्।
उपनिर्वाचनबाट स्थानीय सरकारको जनप्रतिनिधिकारूपमा निर्वाचित हुने उनी पहिलो महिला पनि भएकी छन।