कास्की-२ को मतगणना सर्यो
पोखरा- प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा कास्की २ कोमतगणना सरेको छ ।
सर्वदलीय बैठक बसी समय सार्ने निर्णय गरेको हो ।
बैठकले राति साढे १० बजेबाट मत गणना सुरु गर्ने सहमति जुटाएको हो। यसअघि १० बजेबाट सुरू गर्ने निर्णय गरिएको थियो ।
शनिबार भएको निर्वाचनमा ६४ दशमलव ४८ अर्थात् ४५ हजार ६२१ मत खसेको थियो।
तत्कालीन पर्यटनमन्त्री एवं नेकपा सांसद रवीन्द्र अधिकारीको गत फागुनमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की २ मा उपचुनाव भएको हो ।
यो निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट विद्या भट्टराई, नेपाली कांग्रेसका खेमराज पौडेल, समाजवादी पार्टीका हेमराज गुरुङ, साझाकी राजनी केसी र विवेकशील नेपाली दलकी जमुना शर्मा उम्मेदवार छन्।