बाबुरामले ७२ सालमा चाउचाउ खाएको फोटो अहिले भाइरल - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

बाबुरामले ७२ सालमा चाउचाउ खाएको फोटो अहिले भाइरल



काठमाडौं- समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई कुनै न कुनै तरिकाले चर्चामा आईरहन्छन् ।

उनी सामाजिक सञ्जालमा निकै सक्रिय छन् । जहाँ गएपनि उनी फेसबुक र ट्विटरमार्फत अपडेट भैरहन्छन् । हालै उनी गृहजिल्लामा पुगेका थिए । गृह जिल्ला पुगेर चाउचाउ खाएको फोटो यतिबेला भाइरल भएको छ ।

उनी छोरी मानुषीसहित गृहजिल्ला पुगेका थिए । गोरखा पुग्दा बाबुरामका बाउछोरी २०७२ सालको विनाशकारी भूकम्प लगत्तै केन्द्रविन्दू बारपाक हुँदै लाप्राकसम्म पुगेका थिए । उक्त ठाउँमा जाँदाखेरि बाटोमा भोक मेटाउनको लागि चाउचाउ खाएको पनि उनले जनाएका छन् ।

उनले फेसबुकमा यस्तो लेखेका छन्,”२०७२ सालको विनाशकारी भूकम्प लगत्तै केन्द्रविन्दू बारपाकबाट लाप्राकतर्फ लाग्दा बाटामा भोक मेटाउन चाउचाउको फाँको मार्दै साथमा अटल र मानुषी!”