काङ्ग्रेसभित्र तरङ्ग: लगायो चुनावमा धाँधली भएको आरोप - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

काङ्ग्रेसभित्र तरङ्ग: लगायो चुनावमा धाँधली भएको आरोप



काठमाडौं । नेपाली काँग्रेसले निर्वाचन परिणाम नेकपाको एकलौटी हुने देखिएपछि धाँधली भएको आरोप लगाएको छ ।

शनिबार विज्ञप्ति जारी गरि वर्तमान सरकारको उपनिर्वाचन समेत धाँधलीरहित वातावरणमा सम्पन्न गर्न नसकेको बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भय र धाँधली रहित वातावरणमा सम्पन्न गराउने प्रमुख दायीत्व सरकारको हो । नेपाली काँग्रेसले विगतमा आफ्नो संभावित पराजयको आंकलन गरिरहँदा पनि निष्पक्ष निर्वाचन सम्पन्न गराएको थियो । तर वर्तमान सरकारको भूमिका निश्चीत स्थानका उप निर्वाचनमा समेत त्यो ढंगको हुन नसक्नु दुःखद त छ नै हाम्रो लोकतान्त्रिक अभ्यासको भविष्यका लागि समेत प्रतिकुल देखिएको छ,’ ।

सरकार पक्षबाट आफ्नो पार्टीलाई विजय गराउने ध्याउन्नमा सत्ताको दुरुपयोग काँग्रेस सभापति शेरबहादुर देउवाको ठहर रहेको विज्ञप्तिमा उल्लेख छ ।

मतगणना लगायतको बाँकी कार्य व्यवस्थित र पारदर्शी ढंगले सम्पन्न गराउन निर्वाचन आयोगलाई देउवाले आव्हान गरेको जनाइएको छ ।