थवाङ्गमा नेकपाका जनक बहादुर बुढा विजयी
काठमाडौं । रोल्पाको थवाङ्ग वडा नम्बर १ मा नेकपाका उम्मेदवार बिजयी भएका छन् । शनिबार भएको उपनिर्वाचनमा सत्तारुढ नेकपाले खाता खोलेको हो ।
थवाङ्ग वडा नम्बर १ मा नेकपाका उमेदवार जनक बहादुर बुढाले १७४ मत ल्याएर बिजयी भएका छन ।
उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कलम रोकाले २६ मत ल्याएका छन ।
२०८ मत खसेकोमा ९ मत बदर भएको थियो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालेले चुनावबहिस्कार गरेपछि कुल १२ सय ८८ मत मध्ये जम्मा २०८ मत खसेको थियो ।