सी जिनपिङको निमन्त्रणामा प्रचण्ड चीन जाँदै, यस्तो छ योजना - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

सी जिनपिङको निमन्त्रणामा प्रचण्ड चीन जाँदै, यस्तो छ योजना



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा जाने भएका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा तीनदिने भ्रमणका लागि उनि चीन जान लागेका हुन् । भ्रमणकाे मिति भने सार्वजनिक गरिएको छैन।

नेपाल-चीन मिडिया फोरमद्धारा काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन जाने तयारी गरेको जानकारी दिए। ‘महामहिम सी चिनफिङसँग मेरो ८ पटक भेट भइसकेको छ, उहाँको निमन्त्रणमा म चीन जाँदैछु,’ दाहालले भने, ‘चीनसँग मेरो आफ्नै जनस्तरसम्मको सम्बन्ध बनिसकेको छ।’ उनले आफ्नो भ्रमणका क्रममा चीनले नेपाललाई गर्ने सहयोगका बारेमा थप विस्तृत छलफल गरिने बताए।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका बेला भएका सहमति कार्यान्वयनका लागि आफ्नो चीन भ्रमण सहयोगी बन्ने प्रचण्डले दाबी गरे। अघिल्लो महिना दाहाललाई चिनियाँ राष्ट्रपतिले चीन भ्रमणको निम्तो दिएका थिए।