कालापानी जाँदै प्रचण्ड सहितको टोली - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

कालापानी जाँदै प्रचण्ड सहितको टोली



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीको स्थलगत अनुगमनका लागि जाने भएको छ।

भारतले कात्तिक १७ गते सार्वजनिक नक्सामा नेपालको लिम्पयाधुरा, लिपुलेक र कालापानीसमेत आफ्नो सीमाभित्र राखेपछि सतहमा आएको सीमा विवादबारे अध्ययन गर्न राज्य व्यवस्था समिति अतिक्रमित क्षेत्रमै पुग्ने तयारी गरेको हो। 

समितिले यसअघि कात्तिक २५ गते सरकारलाई अतिक्रमित भूमि फिर्ता ल्याउन राजनीतिक र कुटनीतिक पहल थाल्न निर्देशन दिँदै नेपालले प्रयोग गरिरहेको नक्सा गलत भएको भन्दै सच्याउन निर्देशन दिएको थियो।

समितिले पाठ्यपुस्तकमा प्रयोग भएका नक्सासमेत सच्याएर आफ्नो भूमिको संरक्षणमा दृढतापूर्वक उभिन भनेको थियो। समितिका सदस्य एवं सत्तारुढ नेकपाका नेता कृष्णगोपाल श्रेष्ठलेले महाकाली नदीको उद्गतस्थलसम्म पुग्ने तयारी भइरहेको जानकारी दिए।

कालापानीसम्म पुग्नका लागि चाहिने हेलिकोप्टर, वासस्थान, खानपान लगायतको व्यवस्था गर्न नेपाली सेनालाई आग्रह गरिएको श्रेष्ठले बताए।

टोलीमा नेकपा अध्यक्ष प्रचण्ड पनि जानसक्ने बताइएको छ ।