प्रधानमन्त्रीलाई एक्कासी 'प्लेट्लेस' चढाइयो, डायलासिस छिटोछिटो गर्नुपर्ने - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

प्रधानमन्त्रीलाई एक्कासी ‘प्लेट्लेस’ चढाइयो, डायलासिस छिटोछिटो गर्नुपर्ने



एपेन्डिक्सको शल्यक्रियापछि तीन दिनदेखि आईसीयूमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार ‘प्लेटलेट्स’ चढाइएको छ।

यसबारे अस्पतालले आधिकारिक रूपमा कुनै जानकारी नदिए पनि उपचारमा संलग्न चिकित्सकहरूका अनुसार शल्यक्रिया र डायलासिसका कारण ओलीलाई प्लेटलेट्स चढाउनुपरेको हो।

प्लेटलेट्स रगतमा रहने एक प्रकारको कोषिका हो, जसले घाउ वा चोटपटक लाग्दा रगतलाई बग्नबाट रोक्छ। साथै क्षतिग्रस्त तन्तुलाई ठीक पार्न सघाउँछ।

एपेन्डिसाइटिससँगै पेरिटोनाइटिस (पेटको संक्रमण)समेत देखिएपछि गत मंगलबार ओलीको आकस्मिक शल्यक्रिया गरिएको थियो।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको जनाएका छन्। यो खबर आजको कान्तिपुरमा अतुल मिश्रले लेखेका छन्।

ती चिकित्सका अनुसार प्रधानमन्त्रीलाई डायलासिसको आवश्यकता पहिलेभन्दा बढेको छ। २४ घण्टामा १०० सयदेखि १५० मिलमिटर पिसाब भइरहेको उल्लेख गर्दै उनले भने, ‘डायलासिसको आवश्यकता अब झन् बढ्छ।’