ज्ञानेन्द्र शाहीमाथि कारबाही: अभियानबाट निस्कासित
काठमाडौं । ज्ञानेन्द्र शाही ‘नेपालीका लागि नेपाली’ अभियानबाट निस्कासित भएका छन् ।
‘नेपालीका लागि नेपाली’ अभियानको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गरेको हो । बैठक बुधबार बसेको थियो ।
सिद्धान्त नमिलेको भन्दै उनलाई निस्कासन गरिएको छ । राजतन्त्र जोगाउने अभियानमा गणतन्त्रका कुरा गर्दै हिडेकोले उनलाई निस्कासन गरिएको जनैएको छ ।
अब उप्रान्त शाहीका कुनै पनि अभिव्यक्ति र कार्यक्रममा नेपालीका लागि नेपाली अभियानको संलग्नता नरहने अभियानले जनाएको छ ।