अर्घाखाँची दुर्घटना: बस दुई टुक्रा भयो, रुखमा लास भेटीए, यसरी भयो घटना - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

अर्घाखाँची दुर्घटना: बस दुई टुक्रा भयो, रुखमा लास भेटीए, यसरी भयो घटना



अर्घाखाँची- अर्घाखाँचीमा बुधबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।  लु२ख २१४८ नम्बरको बस सन्धिखर्कबाट बुटवलतर्फ गइरहेको अवस्थामा भिरबाट खस्दा १७ को घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

यसैबीच बस दुर्घटनाको कारण पनि खुलेको छ । घुम्तीमा बस मोड्न नसकेर दुर्घटना भएको स्थानीयले बताएका छन् । भीरको जंगलबाट सुरक्षाकर्मीले डोरीको मद्दतले घाइतेको उद्धार गरेका छन् ।

जंगल र खोल्सामा छरिएका शवमध्ये केही रूखमा अड्किएको अवस्थामा भेटिएको बताइएको छ ।

घाइते र शव फेला पारेर उद्धार गर्न ३४ जना सुरक्षाकर्मीको टोलीलाई करिब चार घण्टा लागेको थियो । बसको एउटा टुक्रा भीरमै अड्किएको थियो भने अर्को खोल्सामा पुगेको थियो ।

सन्धिखर्क–गोरुसिंगे सडकखण्ड साँघुरो छ । घुम्तीहरू समेत साघुरो भएका कारण गाडी ओहोरदोहोर गर्न कठिन छ । साँघुरो सडक र छोटा घुम्तीका कारण सन्धिखर्क-गोरूसिंगे सडकखण्ड अन्तर्गत नरपानीको करिब १२ किमिको दूरीमा बर्सेनि गाडी दुर्घटना हुन्छन् ।

मृत्यु भएका ९ जनाको विवरण

(१) वसन्त भन्ने ओम बहादुर थापा, वर्ष ३१, चालक
(२) माया पुरी, १८ वर्षिया, खाचिकोट काउले
(३) मेनुका खड्का, ८ वर्षिया, खाचिकोट काउले
(४) बलराम भट्टराई, खाचिकोट डिहिडाँडा
(५) सिता बस्नेत, २७ वर्षिया, शितगंगा २ घर भइ हाल चप्परगाउँ कपिलवस्तु
(६) राज कुमार महत, २८ वर्षिय, पिपलडाडा वेम्जिङ, गुल्मी
(७) सन्त बहादुर बस्नेत, ३६ वर्षिय छत्रदेव गा.पा. ७ ( उपचारको क्रममा चौराह हस्पिटल बुटवलमा)
(८) शैलैस थापा, भुमिकास्थान नगरपालिका ९ अर्घाखाँची
(९) शिवलाल भट्टराई, सन्धिखर्क – ७ खाँचिकोट

भैरहवामा उपचार हुँदै गरेका घाइतेहरु

(१) कृष्ण बिक वर्ष ४०, अर्घाखाँची
(२) बोम बहादुर वर्ष ३५ अर्घाखाँची
(३) बिष्णु विक वर्ष ३५, अर्घाखाँची
(४) सरस्वता भट्टराई वर्ष २३, अर्घाखाँची
(५) जीवन विक वर्ष २५, अर्घाखाँची

बुटवलमा उपचार हुँदै गरेका घाइतेहरु

(१) अन्किता थापा वर्ष १५, सन्धिखर्क ६ अर्घाखाँची
(२) सरस्वता भट्टराई वर्ष २३, सन्धिखर्क ४ अर्घाखाँची
(३) बिष्णु अधिकारी, अर्घाखाँची
(४) लोकनाथ पाण्डे, अर्घाखाँची
(५) सपना कुवँर अर्घाखाँची
(६) नन्द बहादुर बिक, अर्घाखाँची