खेमराजले भने: 'प्रचण्डजी पहिला संसदमा भेटौं, देवघाट संगै जाउँला’ - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

खेमराजले भने: ‘प्रचण्डजी पहिला संसदमा भेटौं, देवघाट संगै जाउँला’



पोखरा । नेपाली कांग्रेसका उमेदवार खेमराज पौडेलले नेकपा अध्यक्ष प्रचण्डलाई देवघाट नभई संसदमै भेट्ने जावफ फर्काएका छन ।

बुधबार नेपाल कम्युनिस्ट पार्टी नेकपाको चुनावी आमसभामा कार्यकारी अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका उमेदवारलाई लक्षित गर्दै ७७ वर्षीय व्यक्ति देवघाट जानुपर्ने बेलामा कांग्रेसले उमेदवार बनाएको अभिव्यक्ति दिएका थिए । प्रचण्डले त्यतिमात्र भनेनन्, गगन थापालाई पनि जवाफ दिए ।

“हाम्रो प्रधानमन्त्रीलाई बिदा लिनुपर्छ भन्नेहरूले विचरा ७७ वर्षका बुढा, जो अब देवघाटतिर जानुपर्ने मान्छेलाई ध्यान र ज्ञान सिक्नुपर्ने मान्छेलाई आफू अघि सार्ने, ६५ वर्षको जवानलाई अब आराम गर्नुपर्छ भन्न मिल्छ त ?” गगनलाई लक्षित गर्दै प्रचण्डले आलोचना गरेका थिए ।

उनै प्रचण्डलाई कांग्रेस उमदवार पौडेलले संसद भवनमा भेट्ने र देवघाटसँगै जाने जवाफ फर्काएका छन ।

“आदरणीय नेकपाका अध्यक्ष प्रचण्डज्यू, @cmprachanda देवघाट होइन, मंसिर १४ गतेपछि तपाईको र मेरो भेट संसद भवनमा हुन्छ । त्यसपछि देवघाट जान परेसँगै जाउला । जय नेपाल #ThinkBeforeVote,” पौडेललेको ट्विटमा लेखेका छन् ।

यसअघि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि ट्विट गर्दै ७० कटेका ट्रम्प अमेरिकाको राष्ट्रपति बन्‍ने, ७० कटेका ओली प्रधानमन्त्री बन्न हुने तर ७० कटेका खेमराज सांसद बन्न किन नहुने भन्दै प्रचण्डलाई प्रतिप्रश्न गरेका थिए ।