अपडेट: अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

अपडेट: अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो



अर्घाखाँची । अर्घाखाँचीको नरपानी रातामाटामा भएको बस दुर्घटनामा मर्नेको संख्या १८ पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलकाअनुसार मृत्यु हुनेको संख्या १८ जना पुगेको हो । दुर्घटनामा बसका चालकको समेत मृत्यु भएको छ । गाडी चालक अन्दाजी ३० वर्षीय ओमबहादुर थापा बसन्तको घटनास्थलमै मृत्यु भएको हो । अन्यको सनाखत हुन सकेको छैन ।

लु २ ख २१४८ नम्बरको बस बस सड्कबाट करिब ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दुर्घटनास्थल निकै अफ्ठ्यारो भिरमा भएकाले उद्धार कार्य निकै अप्ठ्यारो भएको जनाइएको छ ।

दिउँसो करिब ४ बजे गाडी दुर्घटना भएको हो । अन्य विवरण आउन बाँकी छ ।