प्रचण्डलाई कारबाही - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

प्रचण्डलाई कारबाही



काठमाडौँ – निर्वाचन आयोगले हेलिकोप्टर चढेर चुनावको प्रचारप्रसार गरेको पुष्टि भए नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गर्ने चेतावनी दिएको छ।

आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उजुरी परेको र त्यसबारे छानबिन भइरहेको जानकारी दिए।

दाहालसहित नेकपा महासचिव विष्णु पौडेल र सुवास नेम्वाङले बुधबार पोखरा, धरान र भक्तपुरमा हेलिकोप्टरमार्फत पुगेर चुनावीसभालाई सम्बोन गरेका थिए। निर्वाचन आचारसंहिताले हेलिकोप्टरको प्रयोग गर्न रोक लगाएको छ।

पत्रकार सम्मेलनमा थपलियाले भने, ‘यकिन नभई कारवाही गर्न सक्ने अवस्था हुदैन । हामी यसलाई अत्यन्तै नजिकबाट नियालिरहेका छौँ। केही सूचना हामीलाई प्राप्त भएको छ । सम्बन्धीत ठाउँमा हामीले भनिसकेका छौँ।’

उनले आचार संहिताका अक्षरहरु राम्ररी पढ्न जान्ने र बुझ्ने व्यक्तित्वहरु नै निर्वाचन प्रचारमा भएकाले बिर्सिएको भए एकपटक पढिदिन आग्रह गरे।