पाचौं जेटि क्रीकेट कपको उपाधिका लागी बाल बाटिका र क्याब्रीज आज भिड्दै - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

पाचौं जेटि क्रीकेट कपको उपाधिका लागी बाल बाटिका र क्याब्रीज आज भिड्दै



कैलाली । कैलालीको मुडा बजारमा जारी पाचौं संस्करणको जेटि क्रीकेट कपको फाइनल खेल आज हुने भएको छ ।प्रतियोगिताको उपाधिका लागी बाल बाटिका विद्या मन्दिर र क्याम्बृज इङलिस बोर्डिङ स्कुल बलिया बिच आज प्रतिस्पर्धा हुने भएको हो ।

२०७२ साल बाट सुरु भएको कपको उपाधी आयोजकले उचालेको थियो भने त्यस पछि लगातार ३ बर्ष आर एम ई टिकापुरले उपाधी उचालेको थियो । यस बर्ष आर एम ई प्रतियोगिताबाट बाहिरिएसंगै प्रतियोगिताले नयाँ बिजेता पाउने भएको छ । दुबै बिधालय उपाधी उचाल्ने दाउमा रहने छन् ।

बाल बाटिका बिद्या मन्दिरले सेमिफाइनलमा गुरुकुल लम्किलाई पराजित गर्दै फाईनल प्रबेश गरेको थियो भने क्याम्बृज बलियाले कालिकालाई परजित गर्दै फाईनल पुग्न सफल भएको हो । फाईनल खेल आज बिहान १०:३० बजे हुने प्रतियोगिताका सह संयोजक मनोज कुमार पन्तले जनकारी दिए ।

प्रतियोगितामा प्रथम हुने बिधालयले नगद ७५ हजार सहित ट्रफि उचाल्ने छ भने द्दितिय हुनेले नगद ३८ हजार सहित ट्रफी उचाल्ने छ । ब्यक्तिगत बिधा तर्फ उत्कृष्ट खेलाडिले नगद ४ हजार पाउने छ भने उत्कृष्ट ब्याट्सम्यानले नगद ३ हजार ,उत्कृष्ट बलरले नगद ३०० र उदयिमान खेलाडीले नगद २ हजार ५ सयका साथै ट्रफी उचाल्ने छन् । कार्तिक २२ गते देखी सुरु भएको प्रतियोगितामा जिल्ला भरिका २० विद्यालयको सहभागिता रहेको थियो ।